चन्द्रागिरी घुम्न जाँदा गीतमा भट्टराईले पाइन फेरि अवार्ड

काठमाडौं । गायिका गिता भट्टराईले ‘सगरमाथा म्युजिक अवार्ड–२०७८ पाएकी छिन् । ‘चनद्रागिरी घुम्न जाँदा’ भन्ने बोलको गीतमा उक्त अवार्ड पाएकी हुन् । उक्त गीत ‘टप फाइभ’ भित्र परेकोले उनले यो अवार्डबाट सम्मनित भएकी हुन् । यस अघि पनि भट्टराई यहि गीतमा मेलोडी म्युजिक अवार्ड– २०७७ बाट पनि सम्मानित भएकी थिइन । मेलोडी दरवार प्रालिले उनलाई सर्वोत्कृट विधामा सम्मान गरेको हो ।

केहिदिन अघि भट्टराई ‘हिमालयन इन्टरनेशनल नेपाली म्युजिक अवार्ड, २०७८ बाट सम्मानित भएकी छिन् । ‘ए ठूले’ नामक गीत उत्कृष्ट पाँचमध्येमा परेकाले गायिका भट्टराईलाई हिमालयन नेपाली इभेन्ट प्रालिले सम्मान गरेको हो । राष्ट्रिय गायिका भट्टराईलाई सर्वोत्कृष्ट गायिका विधामा सम्मान गरिएको हिमालयन नेपाल इभेन्टले बताएको छ ।

त्यसरी नै भट्टराई ‘सहयात्रा म्युजिक अवार्ड–२०७६ र शिवदर्शन प्रालिको ‘शिवदर्शन अवार्ड–२०७५ बाट पनि सम्मानित भएकी छिन् । देश र विदेशमा समेत गायन क्षेत्रमा आफ्नो प्रतिभा देखाएर स्थापित बन्न सफल भएकी चर्चित गायिका भट्टराईको एक सयभन्दा बढी एल्वम बजारमा आइसकेको छ ।

विदेशमा हुने विभिन्न कल्चर प्रोग्राममा समेत उनले आफ्नो गायनको माध्यमबाट आमदर्शकको मन जित्न सफल भएकी छिन् । यतिमात्रै होइन भारतले आयोजना गरेको कार्यक्रममा पनि उनले नेपाली गीत गाएर नेपालको नाम राखेकी छिन् ।

गायिका भट्टराई नवलपरासीको चोरमारामा जन्मिएकी हुन् । उनले धेरै कलाकारहरूकोबीच सो अवार्ड पाएकी हुन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स