छुटका साथ खुल्यो बेन्चमार्क हेयर एण्ड स्टुडियो

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघकी केन्द्रिय सदस्य महिला उद्यम समितिकी सभापति तथा नेपाल सौन्दर्य कला व्यवासायी संघकी अध्यक्ष कमला श्रेष्ठले सौन्दर्यकला सम्बन्धि शिक्षाले युवा पुस्तालाई आत्मनिर्भर बनाउन ठूलो सहयोग पुर्याएको बताएकी छन् ।

बिहिबार बेन्चमार्क हेयर एण्ड ब्यूटी स्टुडियोको उद्घाटन गर्दै श्रेष्ठले पढ्दै कमाउँदै भन्ने मूल नाराका साथ सुरु गरिएको सौन्दर्य शिक्षाले युवा पुस्तालाई ठूलो सहयोग पुर्याएको बताएकी हुन् ।

नेपालकी प्रथम ‘ब्युटिसियन’ समेत रहेकी श्रेष्ठले सोही अवसरमा आफ्नो पहलमा पदमकन्या माविमा पहिलो पटक सौन्दर्यकला सम्बन्धि पढाई सुरु भएको जानकारी दिँदै भनिन्, पढ्दै कमाउँदै भन्ने नाराका साथ २०७५ सालदेखि पदमकन्या माविमा सौन्दर्यकला सम्बन्धि पढाइ सुरु भएको छ । अहिले ६० जना विद्यार्थीले सो विषय अध्ययन गरिरहेका छन् ।

यस्तै, श्रेष्ठले बेन्चमार्ककी सञ्चालिका विद्या श्रेष्ठलाई बधाइ दिँदै आगामी दिनका लागि शुभकामना व्यक्त गरिन् । बेन्चमार्ककी सञ्चालिका श्रेष्ठका अनुसार स्टुडियोमा एकपटमा सात जनासम्मले सुविधा लिन सक्छन् ।

स्टुडियोमा मेनीकेयर, पेडीकेयर, हेयर हाइलाईट, आई ल्यासेस एक्स्टेन्सन, जेल नेल एक्स्टेन्सन लगाएतका सुविधाहरु उपलब्ध रहेका छन् । झण्डै ५० लाख खर्च गरेर सञ्चालमा ल्याइएको सो स्टुडियोमा ’यूभी रे’, डिजीटल मेनिकेयर, पेडिकेयर लगाएतका नयाँ प्रविधि मार्फत सौन्दर्य सम्बन्धि विभिन्न सेवाहरु उपलब्ध रहेको उनले बताइन् ।

श्रेष्ठले केही दिनको लागि स्टुडियोका विभिन्न सेवाहरुमा ओपनिङ डिस्काउन्ट समेत उपलब्ध रहेको जानकारी दिइन् । क्वालिटी नै हाम्रो मुख्य प्रार्थमिकता हो । ‘स्टुडियो आजबाट सञ्चालनमा ल्याइएकाले केही दिनलाई सबै सुविधाहरुमा २५ प्रतिशत छुट समेत उपलब्ध गराएका छौ’ श्रेष्ठले भनिन् ।

त्यस्तै, आगामी दिनमा पोखरा, विराटनगर, चितवन, भैरहवा लगाएत ठाउँहरुमा शाखा विस्तार गर्ने योजना रहेको श्रेष्ठले जानकारी दिइन् । स्टुडियो उदघाटनमा ब्युटिसियन श्रेष्ठसहित वरिष्ठ कलाकार मोहन निरौला लगाएत सौन्दर्यकलामा आबद्ध व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स