काठमाडौं । नेपाल राष्ट्र बैंकका सञ्चालक तथा पूर्व डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको ‘पानी दर्केर’ भन्ने नयाँ म्युजिक भिडियो बजारमा आएको छ । आज शुक्रबार उक्त म्युजिक भिडियोको लोकापर्ण हुँदैछ ।
पूर्व डेपुटी गभर्नर शिवाकोटीको म्युजिक भिडियोमा रोजगारीका लागि विदेशीएका युवा र उसको घरपरिवारको पीडा समेटिएको छ । नेपालको ग्रामीण समाजको वास्तविक घटनालाई लिएर चित्रण गरिएको उनको म्युजिक भिडियोमा साहुको ऋण तिर्नका लागि विदेशीएको श्रीमान्, उस्को परिवारलाई साहुले छिटो ऋण तिर भनेर दिएको दवाव तथा उनीहरूमाथि गरेको नराम्रो व्यवहार, ऋण तिर्नको लागि विदेशमा बस्न बाध्य भएको श्रीमान्को पीडा समेटिएको छ ।
यो म्युजिक भिडियोमा नेपालीको वास्तविक पीडा समेटिएको शिवाकोटीले बताए । ‘यो म्युजिक भिडियोमा देशमा रोजगारी नहुँदा विदेशिनु परेको बाध्यता, साहुँले घरपरिवारलाई गरेको नराम्रो व्यवहार समेटिएको छ,’ उनले भने ‘साहुँको नराम्रो व्यवहार सहन नसकेर छिटो घर फर्कन श्रीमतीले श्रीमतीलाई पोखेको पीडा र ऋण तिर्न सक्ने भएपछि घर फर्कने श्रीमान्ले गरेको प्रतिवद्धता म्युजिक भिडियोमा देख्न र सुन्न पाइन्छ ।’
उक्त म्युजिक भिडियोमा गायक प्रबिन बेडवाल र रचना रिमालको स्वर रहेको छ । बरिष्ठ संगितकार हरि लम्सालको संगीतमा सजिएको उक्त म्युजिक भिडियोमा वर्षा शिवाकोटी र प्रकाश सपूतले अभिनय गरेका छन् । सुनिल बि.कको निर्देशनमा तयार भएको यो म्युजिक भिडियो रेकडिङ अकोष्टिक स्टुडियोमा भएको हो ।
शिवाकोटीको १३ औं संस्करणको रुपमा उक्त म्युजिक भिडियो आएको हो । यसअघि शिवाकोटीले मोरङ जिल्लाको ऐतिहासिक दोहमना बजारको सेरोफेरोलाई लिएर शिवाकोटीले उक्त म्युजिक भिडियोका लागि गीत रचना गरेका हुन् । उक्त स्थानमा उनले आफ्नो बाल्यकाल बिताएका थिए । शिवाकोटीले आफूले बाल्यकाल बिताएको ठाउँलाई विश्वभरि चिनाउन शब्द सञ्जाललाई गीतको मालामा उनेका थिए ।
राष्ट्र बैंकमा ३० वर्ष काम गरेर सेवा निवृत्त भएका शिवाकोटीको यस अघि यसअघि चर्चित बैंक खाता, समृद्धिका गीतहरू, हिमालबाट हिउँ पग्लि, काली, हाँगाबाट, आएर बस, समृद्ध नेपाल सुखी नेपाली, जिउँदै छु, आएन खबर, जुनी जुनी, जस्ता म्युजिक भिडियो सार्वजनिक भइसकेका छन् ।