ब्याडमिण्टनमा नेपाली सेनालाई ५ पदक

काठमाडौं । प्रमथ रिभाईभ लिजर पार्क खुल्ला राष्ट्रिय ब्याडमिण्टन च्याम्पियनसिप २०७८ मा नेपाली सेना खेलाडीले ५ पदक जितेका छन् ।

रिभाईभ लिजर पार्क स्थापनाको उपलक्ष्यमा असोज १ गतेदेखि असोज ५ गतेसम्म काठमाडौंमा सञ्चालन भएको प्रथम रिभाईभ लिजर पार्क खुल्ला राष्ट्रिय व्याडमिण्टन च्याम्पियनसिप २०७८ सेनाका खेलाडीले ५ पदक जितेका हुन् ।
नेपाली सेना त्रिभुवन आर्मी क्लबका खेलाडीहरुले २ स्वर्ण पदक, १ रजत पदक र २ कास्य पदक गरी कुल जम्मा ५ पदकहरु प्राप्त गर्न सफल भएका हुन् ।

उक्त च्याम्पियनसिपको पुरुष एकलतर्फको विधामा सेनाका रत्‍नजित तामाङले स्वर्ण र प्रफुल महर्जनले कास्य पदक हासिल गर्न सफल भएका थिए भने महिला एकलतर्फको विधामा रसिला महर्जनले स्वर्ण, अनुमाया राईले रजत तथा अमिता गिरीले कास्य पदक हासिल गरेका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स