आज नकआउट चरणमा फ्रान्स र पोल्याण्डसहित दुई खेल हुने, को पुग्ला क्वाटरफाइनलमा ?

काठमाडौं । आज (आइतबार) नकआउट चरणका दुई खेल हुने भएका छन् । कतारमा जारी फिफा विश्वकप फुटबलमा आज राउण्ड अफ १६ का दुई खेलहरु हुन लागेका हुन् ।

अल थुमामा स्टेडियममा हुने पहिलो खेलमा फ्रान्स र पोल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । साविक विजेता फ्रान्स र पोल्याण्डबीचको खेल नेपाली समयअनुसार राति ८ः४५ बजे सुरु हुनेछ ।

दुवै टोली जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा रहेका छन् ।

फ्रान्स समूह ‘डी’ को विजेता र पोल्याण्ड समूह ‘सी’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो ।

त्यस्तै, दोस्रो खेलमा इंग्ल्यान्ड र सेनेगलबीच प्रतिस्पर्धा हुनेछ । अल बयात स्टेडियममा हुने इंग्ल्यान्ड र सेगेनलबीचको खेल नेपाली समयअनुसार राति १२ः४५ बजे सुरु हुनेछ ।

इंग्ल्यान्ड समूह ‘बी’ को विजेता र सेनेगल समूह ‘ए’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स