आज ब्राजिल र स्विट्जरल्यान्डसहित ४ खेल हुने, अन्य कुन देशको कुन समय ?

काठमाडौं । फिफा विश्वकपमा आज (सोमबार) चार खेलहरू हुँदै छन् । कतारमा जारी विश्वकपमा आज समूह ‘जी’ र ‘एच’का दुई/दुई खेल गरी चार खेलहरू हुन लागेका हुन् ।

आज पहिलो खेलमा समूह ‘जी’मा रहेको क्यामरून र सर्बियाबीच हुँदैछ । खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजेदेखि सुरु हुनेछ । ब्राजिलसँग २-० गोल अन्तरमा पराजित सर्बिया पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा स्विट्जरल्यान्डसँग १-० ले क्यामरुन पराजित भएको थियो ।

त्यस्तै, दोस्रो खेलमा समूह ‘एच’को दक्षिण कोरिया र घानाबीच हुनेछ । खेल साँझ ६ः४५ बजेदेखि सुरु हुनेछ । घाना र दक्षिण कोरिया पहिलो जित निकाल्ने खोजीमा हुनेछन् । घाना पहिलो खेलमा पोर्चुगलसँग ३-२ को अन्तरले पराजित भएको हो ।

दक्षिण कोरियाले उरुग्वेसँग गोल रहित बराबरी खेलेको हो ।

तेस्रो खेल समूह ‘जी’मा रहेको ब्राजिल र स्विट्जरल्यान्डबीच हुनेछ ।
पहिलो खेलमा ब्राजिलले सर्बियालाई २-० गोलले पराजित गरेको थियो । स्विट्जरल्यान्डले भने क्यामरुनलाई पराजित गरेको थियो ।

त्यस्तै, अन्तिम खेलमा राति १२ः४५ बजे समूह ‘एच’को पोर्चुगलले उरुग्वेसँग खेल्नेछ । यो खेल कतारको लुसैल रंगशालामा हुनेछ ।पोर्चुगल लगातार दोस्रो जितको योजनामा रहेको छ । उरुग्वे पनि पहिलो जितको योजनामा रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स