जापान कोस्टारिकासँग १-० ले पराजित

काठमाडौं । जापान कोस्टारिकासँग पराजित भएको छ । कतारमा जारी फिफा विश्वकपमा जापान कोस्टारिकासँग १-० ले पराजित भएको हो ।

आइतबार दिउँसो भएको खेलमा कोस्टारिकाले जापानलाई हराएर समूह ‘ई’ मा पहिलो जित निकालेको छ ।

कोस्टारिकालाई पहिलो जित दिलाउन फुलर स्पेन्सले ८१औं मिनेटमा निर्णायक गोल गरे । पहिलो खेलमा स्पेनसँग ७(० को पराकिलो अन्तरले पराजित भएको कोस्टारिकाले पहिलो जितबाट ३ अंक जोडेको छ र अन्तिम १६ मा पुग्ने सम्भावना कायम राखेको छ ।

दुई खेलपछि जापान र कोस्टारिकाको समान ३ अंक छ । अब समुहको अन्तिसम खेलमा जापानले स्पेनसँग खेल्नेछ भने कोस्टारिकाले जर्मनीसँग खेल्नेछ । यसै समूहमा रहेको स्पेन र जर्मनीबीच आज मध्यराति खेल हुँदैछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स