आज कुन देशबीचको खेल को सँग हुँदैछ ?

काठमाडौं । फिफा विश्वकप फुटबलको पाचौं दिन आज पनि चार खेल हुने भएका छन् । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ मा आज (बिहीबार) समूह ‘जी’ र समूह ‘एच’ का दुई/दुई खेलहरु हुन लागेको हो ।

जसअनुसार पहिलो खेल ‘समूह ‘जी’ मा रहेका स्विजरल्याण्ड र क्यामरुनबीच हुनेछ । यी दुई देशबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजेबाट सुरु हुनेछ ।

त्यस्तै, दोस्रो खेल समूह ‘एच’ को उरुग्वे र दक्षिण कोरियाबीच हुनेछ । यी दुई देशबीचको खेल नेपाली समय अनुसार साँझ ६ः४५ बजेबाट सुरु हुनेछ ।

त्यस्तै, तेस्रो खेल पोर्चुगल र घानाबीच हुन गईरहेको छ । यी दुई देशबीचको खेल नेपाली समयअनुसार राति ९स्४५ बजे सुरु हुनेछ ।

त्यस्तै, अन्तिम खेल समूह ‘जी’ मा रहेका ब्राजिल र सर्बियाबीच हुनेछ । यी दुई देशबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स