काठमाडौं । कतारमा जारी विश्वकप फुटबलमा जर्मनीले पहिलो हाफमा १ गोलको अग्रता लिएको छ ।
अहिले भइरहेको जर्मनी र जापानको खेलमा जर्मनीले १ गोल गर्न सफल भएको हो ।
जर्मनीले पेनाल्टीमार्फत खाता खोल्न सफल भएको छ । जापानी खेलाडीले पेनाल्टी ऐरियामा फल गरेपछि जर्मनीले पेनाल्टी पाएको थियो ।
खेलको ३३ औं मिनेटमा इल्के गुन्डोगानले पेनाल्टीमा गोल गर्दै जर्मनीलाई १-० को अग्रता दिलाएका हुन् ।