फिफा विश्वकप फुटबलमा आज जर्मनी र जापान भिड्दै, अन्य तीन खेल कुन देशको कुन समय ?

काठमाडौं । फिफा विश्वकप फुटबलको चौथो दिन आज चार खेल हुने भएका छन् । कतारमा जारी फिफा विश्वकप फुटबलमा आज (बुधबार) समूह ‘ई’ र समूह ‘एफ’ का दुई/दुई खेल हुन लागेको हो ।

पहिलो खेल समूह ‘एफ’ मा रहेको मोरक्को र क्रोएसियाबीच हुनेछ । खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।

त्यस्तै, दोस्रो खेल समूह ‘ई’ मा रहेका जर्मनी र जापानबीच हुनेछ । खेल नेपाली समयअनुसार साँझ ६ः४५ बजे सुरु हुनेछ ।

तेस्रो खेल समूह ‘ई’ मा रहेका स्पेन र कोस्टारिकाबीच हुनेछ । खेल राति ९ः४५ बजे सुरु हुनेछ ।

त्यसैगरि, चौंथो खेल समूह ‘एफ’ मा रहेको बेल्जियम र क्यानडाबीच हुनेछ । खेल राति १२ः४५ बजे सुरु हुनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स