साउदी अरेबियाले फर्कायो दोस्रो हाफमा दुई गोल

काठमाडौं । कतारमा जारी विश्वकप फुटबलमा साउदी अरेबियाले दुई गोल फर्काएको छ । अहिले भइरहेको अर्जेन्टिना र साउदी अरेबियाबीचको खेलमा साउदी अरेबियाले दोस्रो हाफमा २ गोल फर्काएको हो ।

खेलको ४९ औं मिनेटमा सलेह अल शेहरीले गोल गर्दै साउदीलाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।

त्यसपछि खेलको ५३ औं मिनेटमा सलिम अल्दावसरीले दोस्रो गोल गर्दै साउदीलाई २-१ को अग्रता दिलाएका छन् ।

अर्जेन्टिनाले पहिलो हाफमा १ गोलको अग्रता लिएको थियो ।

साउदीका साउद अब्दुलहामिदले अर्जेन्टिनाका लिन्ड्रो पारेडेसलाई पेनाल्टी क्षेत्रभित्र फाउल गरेपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो ।

कप्तान लियोनल मेस्सीले १० औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका हुन् ।

अहिले दुवै देशबीचको खेल चलिरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स