भारत इंग्ल्यान्डसँग १० विकेटले पराजित, फाइनलमा पाकिस्तानसँग खेल्ने सपना अधुरो

काठमाडौं । भारतको अष्ट्रेलियामा जारी आठौं संस्करणको टी-ट्वान्टी पुरुष विश्वकप क्रिकेटको फाइनल खेल्ने सपना अधुरो बनेको छ । आज भएको दोस्रो सेमिफाइनल खेलमा इंग्ल्यान्डसँग पराजित भएसँगै भारतको टी-ट्वान्टी पुरुष विश्वकप क्रिकेटको फाइनल खेल्ने सपना अधुरो बनेको हो ।

अष्ट्रेलियाको एडिलेट ओभलमा भएको खेलमा इंग्ल्यान्डले भारतलाई १० विकेटले पराजित गरेको हो ।

योसँगै इंग्ल्यान्ड टी-ट्वान्टी पुरुष विश्वकप क्रिकेटको फाइनलमा पुग्न सफल भएको छ । फाइनलमा इंग्ल्यान्डले अब पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।

पहिलो सेमिफाइनलमा बुधबार पाकिस्तानले न्युजिल्याण्डलाई ७ विकेटले पराजित गरि फाइनलमा स्थान बनाईसकेको छ । फाइनल खेल आइतबार हुनेछ ।

भारतले दिएको १ सय सय ६९ रनको लक्ष्य इंग्ल्यान्डले १६ ओभरमा बिना विकेटको क्षतिमा १ सय ७० रन बनाउँदै पूरा गर्यो ।

इंग्ल्यान्डको जितमा ओपनरद्वय जोस बट्लर र एलेक्स हालेसले कीर्तिमानी साझेदारी गरे ।

अर्धशतकीय इनिङ खेलेका एलेक्स ८६ रनमा अविजित रहे । कप्तान बल्टर अर्धशतकीय इनिङ खेल्दै ८० रनमा अविजित रहे।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रन बनाएको थियो ।

भारतका लागि हार्दिक पाण्डयले सर्वाधिक ६३ रनको अर्धशतकीय इनिङ खेले । यस्तै विराट कोहलीले ५० रनको अर्धशतकीय इनिङ खेले ।

कप्तान रोहित शर्माले २७ रन जोड्दा सूर्यकुमार यादव १४ रनमा आउट भए ।

ऋषव पन्त ६ र केएल राहुल ५ रनमा आउट भए ।

इंग्ल्यान्डका क्रिस जोर्डनले ३ विकेट लिए । क्रिस वोक्स र आदील राशिदले १र१ विकेट लिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स