एसवाई प्यानलले टिकटक प्रतियोगिता गर्दै, पुरस्कार आठ लाख पचासी हजार

काठमाडौं । कोरियन प्रविधिको स्यान्ड्विच प्यानल उत्पादन गर्ने कम्पनी एसवाई प्यानल नेपालले टिकटक प्रतियोगिता गर्ने भएको छ ।

प्रतियोगितामा भाग लिने प्रतियोगिले कम्पनीको अफिसियल भिडियोको ओरिजिनल साउन्डमा भिडियो बनाउनु पर्नेछ ।

प्रतियोगितामा साउन ०६ गतेदेखि भदौ ०६ गतेसम्म भिडियो पोस्ट गरिसक्नुपर्ने कम्पनीले जनाएको छ ।

पहिलो बिजेताले डेढ लाख नगद रुपैयाँ पाउनेछन् । दोस्रो (दुई जना) प्रतिव्यक्ती एक लाख नगद रुपैयाँ पाउनेछन् । त्यस्तै तेस्रो (तीन जना) प्रतिव्यक्ती पचहत्तर हजार प्रदान गरिनेछ भने चौथो (चार जना) प्रतिव्यक्ती चालीस हजार र पाचौं (पाँच जना) प्रतिव्यक्ती तिस हजारका दरले पुरस्कार स्वरुप नगद प्रदान गरिने एसवाई प्यानलका महाप्रबन्धक शशी साहले जानकारी दिए ।

प्रतियोगिताबाट उत्कृष्ट भिडियोहरुलार्इ छनौट गरि ३० प्रतिशत लाइकको आधारमा ४० प्रतिशत सिर्जनात्मक र निर्णायकको आधारमा र १० प्रतिशत मोस्ट भिउज , मोस्ट सेयर ,मोस्ट कमेन्टको आधारमा बिजयी घोषणा गरिने जनाएको छ ।

भाद्र १० गते पुरस्कार वितरण गरिनेछ भने भिडियो सिर्जनात्मक र सभ्य हुनुपर्नेछ । टिकटक बनाइसकेपछि अनिवार्य रुपमा @SY_NEPAL मा TAG गर्नुपर्नेछ भने HASHTAG को रुपमा #synepal #sayyes प्रयोग गर्नुपर्नेछ ।

महाप्रबन्धक साहका अनुसार नेपाल सरकारको नियम अनुसार लाग्ने कर बिजेता स्वयंले व्यहोर्नु पर्नेछ ।

कोरियाली कम्पनी एसवाई प्यानलद्वारा उत्पादन भएका फेब्रिकेटेडको प्रयोग गरी घर, भवन लगायत निर्माण भइरहेको छ । नेपालमा एसवाई प्यानल लोकप्रिय हुँदै गइरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स