प्रकाश योन्जनले पाए सर्वोत्कृष्ट गीतकार अवार्ड

काठमाडौं । गीतकार प्रकाश योन्जनले यो वर्षको संस्करणमा नेपाल म्युजिक एण्ड फेसन अवार्ड २०२२ मा सर्वोत्कृष्ट गीतकारको उपाधि पाएका छन् ।

यस वर्ष ‘परदेश’ गीतका लागि उनलाई उक्त अवार्ड प्रदान गरिएको हो।

टिका बम्जनले संगीत गरेको उक्त गीतलाई पवन लामाले संगीत संयोजन गरेका हुन भने गायक प्रमोद खरेलले गाएका हुन् ।

उमेश गुरुङ्ले निर्देशन, कमला अमगाइले निर्माण, सम्भु चालिसेले भिडियोलाई छायांकन गरेका हुन् । भिडियोमा महेश खड्का, उशा सुवेदी, लोकेश का एम भा र प्रशुना केसीको अभिनय समेटिएको छ ।

सिन्धुपाल्चोक निवासी गीतकार योन्जन ‘आमालाई चाहियो रे’ बोलको गीतबाट सांगीतिक क्षेत्रमा प्रवेश गरेका हुन ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स