जम्बुलिङ ईन्टरनेशनल अवार्ड-२०२२ को घोषणा

काठमाडौं। जम्बुलिङ फिल्मस प्रालिले १० औं वार्षिक उत्सवको अवसरमा नव वर्ष २०७९ को शुभकामाना अदानप्रदान तथा वृहत सांस्कृतिक कार्यक्रम र जम्बुलिङ ईन्टरनेशनल अवार्ड २०२२ को घोषणा कार्यक्रम सम्पन्न गरेको छ । गत
चैत्र २६ गते शनिवार काठमाडौंको गंगबु स्थित बिजिबाङक्येटमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

प्रमुखपुर्व पर्यटन, संस्कृति तथा नागरिक उड्यान राज्य मन्त्रि परशुराम तामाङ र समाजसेवी एवं राजप को युवा नेता डा. भिमलाल तामाङले कार्यक्रमको उद्घाटन गरेका थिए ।

कला सांस्कृतिको संरक्षण र सम्बर्द्वनका लागि प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्ने एक दर्जन भन्दा धेरै कलाकार हरुलाई कार्यक्रमबिच आयोजक संस्थाले प्रमुख अतिथिको हातबाट दोसल्ला र सम्मान पत्रले सम्मान गरेको थियो ।

श्रष्ठालाई सम्मान, नयाँलाई प्रोत्साहन गर्ने मुख्य उदेश्यका साथ प्रालिले जम्बुलिङ ईन्टरनेशनल अवार्ड २०२२ आगामी साउन महिनाभित्रमा गर्ने भएको छ । ४८ वटा विधामा रहेको अवार्ड गत चैत्र २६ गतेदेखि यहि बैशाख ३० गते सम्म आवेदन खुल्ला रहेको छ भने जेठमा नोमिनेशन हुने भएको छ । आजैबाट जम्बुलिङको कार्यलयमा वा जम्बुलिङ फिल्मस प्रालि अध्यक्ष ९८४१०६७६६६ सम्पर्क गरि गीत संगीतमा आवद्ध कलाकारहरुले आ-आफ्नो बिधामा फारम भर्न सक्नेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स