‘माउन्टेन बाइक एडभेन्चर च्यालेन्ज’ प्रतियोगिता हुँदै

मंगलबारे । नयाँ वर्षका अवसरमा इलाममा आजदेखि ‘माउन्टेन बाइक एडभेन्चर च्यालेन्ज’ प्रतियोगिता सुरु हुँदैछ । उक्त प्रतियोगिता सूर्योदय नगरपालिकामा हुन लागेको हो ।

एघार किलोमिटर दूरीमा हुने उक्त प्रतियोगिातको विजेताले २० हजारसहित ट्रफी प्राप्त गर्नेछन् । दोस्रोले १५ हजार र तेस्रोले १० हजारसहित ट्रफी पाउनेछन् ।

प्रतियोगितामा ३० वर्षमाथि उमेर समूहकाले प्रतिस्पर्धा गर्न पाउने छन् । इलामसहित, झापा, मोरङ, सुनसरी र पाँचथरका गरी ५० जनाभन्दा बढीको सहभागिता रहने प्रतियोगिता संयोजक शरण फागोले जानकारी दिए ।

फिक्कल चोक बजारबाट सुरु हुने सो प्रतियोगिता नयाँ चोक–केराबारी–आले–शहीद चोक– १० नं वडा कार्यालय–फिक्कल रिङ रोड, बरबोटे हुँदै चोक बजारमा आएर समाप्त हुनेछ ।

‘स्वास्थ्यका लागि साइकल प्रयोग गरौं’ भन्ने सन्देश प्रवाह गर्न प्रतियोगिता सञ्चालन गरिएको हो । प्रतियोगिताबाट पर्यटक आकर्षित गर्न सकिने अपेक्षा आयोजकले गरेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स