नेपालमा नयाँ रियालिटी शो ‘नेपाल्स सिगिंङ सुुपरस्टार’ आउँदै

काठमाडौं । नेपालमा नयाँ रियालिटी शो नेपाल्स सिगिंङ सुुपरस्टारको नियमित प्रसारण हुुने भएको छ ।

इमेज एच डी मा यही २०७९ साल बैशाख १८ गते आइतबार देखि हप्ताको दुई दिन बेलुका ८ बजे देखि ९ बजेसम्म नयाँ रियालिटी शो नेपाल्स सिगिंङ सुुपरस्टारको नियमित प्रसारण हुुने भएको छ ।

भ्वाइस स्टार नेपाल प्रा. लि. ले निर्माण गर्न लागेको रियालिटी शो नेपाल्स सिगिंङ सुुपरस्टार कार्यक्रमका निर्माता सुरज लाल जोशीले दिएको जानकारी अनुुसार यो कार्यक्रमलाई चर्चित टेलिभिजन प्रस्तोता विवेक सिंह ठकुरी र ख्याति प्राप्त गायिका केन्जल मेहर श्रेष्ठले होस्टको रुपमा संचालन गर्नेछन् भने निर्णायकको रुपमा ख्याति प्राप्त गायकहरु संजय श्रेष्ठ, सत्यराज आचार्य, स्वरुपराज आचार्य र चर्चित गायिका मिलन नेवार रहनेछन् ।

लामो समय देखि संचार क्षेत्रमा कार्य गरेर बिज्ञापन लगायत विभिन्न रियालिटी शो सफलताका साथ निर्देशन गरिसकेका रवि श्रेष्ठले निर्देशन गर्न लागेको यो रियालिटी शो मा अन्य रियालिटी शो मा भाग लिइसकेका प्रतिस्पर्धीहरु वा पाँच वर्ष भन्दा बढी अवधि देखि सांगितिक क्षेत्रमा सक्रिय गायक गायिक मात्र समावेश हुन पाउने जानकारी दिदै जोशीले कार्यक्रममा समावेश हुनको लागि नेपाल्स सिगिंङ सुुपरस्टारको आधिकारिक फेसबुुक पेजमा गएर सो पेजको म्यासेज बक्समा वा नेपाल्स सिङ्गिग सुपरस्टारको इमेलमा आफूले गाएको बढीमा दुुई मिनेट सम्मको भिडियो पठाउन सकिने समेत जानकारी गराएका छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स