डान्सिङ स्टार्सको भोटिङ पार्टनरमा खल्ती

काठमाडौं । नेपालमा जारी दोस्रो सिजनको डान्सिङ स्टार्स नेपालको भोटिङ पार्टनरमा खल्ती डिजिटल वालेटले साझेदारी गरेको छ।

प्रतियोगिता १२ चैतदेखि हिमालय टिभी एचडीमा हरेक शनिबार प्रशारण भइरहेको छ । यसमा १२ जना अनुभवी कोरियोग्राफरहरूको साथमा विभिन्न क्षेत्रका १२ सेलिब्रेटीहरू प्रतिष्पर्धी छन् । साथै प्रतियोगिताको निर्णायकमा दिलीप रायमाझी, रेनिशा राई र गौरी मल्ल छन् ।

खल्ती नेपालको फिनटेक उद्योगमा आफूलाई युवा, प्रचलित र नवीन ब्रान्डको रूपमा स्थापित भएको प्रमुख कार्यकारी अधिकृत विनय खड्काले जानकारी दिए ।

उनका अनुसार २० लाखभन्दा बढी प्रत्यक्ष र लाखौं अप्रत्यक्ष प्रयोगकर्ताहरु खल्तीबाट सुविधा लिएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स