‘पिर’ को भिडियोबाट यौनकर्मीको दृश्य हट्यो, नयाँ भिडियो अपलोड

काठमाडौं । गायक प्रकाश सपुतले आफ्नो गीत ‘पिर’ को भिडियोबाट यौनकर्मीको दृश्य हटाएका छन् ।

माओवादी केन्द्रका नेता कार्यकर्ताले उक्त गीतको आलोचना गरेपछि उनले शनिबार दिउँसो पीर गीतको अर्को नयाँ भिडियो अपलोड गरेका हुन् ।

उनले अग्रज स्रष्टा सर्जकहरूको सुझाव, लेखक, पत्रकार, समीक्षकहरूको समीक्षा र सम्बन्धित समूहको आत्मसम्मानलाई मनन गर्दै त्यो दृश्य सम्पादन गरिएको छ र नयाँ भिडियो पुनःअपलोड गरिएको बताएका छन् ।

‘पिरले सफलता मात्रै होइन धेरै कुरा सिकाएको र सचेत पनि गराएको छ’ उनले भने।

तथ्यपरक सिर्जना गर्दा त्यसलाई नेपाली दर्शकस्रोता, सम्बन्धित कथा पात्रले चित्रण गर्ने समूह, समुदाय र समग्र समाजको कस्तो दृष्टिकोण रहन्छ भन्ने कुराको हेक्का राख्नु पर्ने चेत गराएको बताएका छन् ।

उनले कसैको भावनामा चोट पुगेको भए आफूले माफी माग्ने पनि बताए ।

अघिल्लो हप्ता सार्वजनिक उनको गीतमा माओवादी जनयुद्धमा सहभागी महिलाले यौन व्यवसाय गरेको आशय देखिने एउटा दृश्य समावेश थियो ।

माओवादीका केहि भ्रातृ संगठनहरुले जनयुद्धको अपमान गरेको भन्दै गीत हटाउन चेतावनी दिएका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स