भूपेन्द्र थापा मगर बने नेपाल आइडल सिजन-४ को बिजेता

काठमाडौं । गायन रियालिटी शो नेपाल आइडल सिजन-४ को उपाधि भैरहवाका भूपेन्द्र थापा मगरले हात पार्न सफल भएका छन् ।

उनले शनिबार राति भएको ग्रान्ड फिनालेमा चार प्रतिस्पर्धीलाई पछि पार्दै र दर्शकको भोटको आधारमा उपाधि जित्न सफल भएका हुन् ।

उनीसँगै झापाका नामगेल तामाङ फस्ट रनरअप र रामेछापका रञ्जित नेपाली सेकेन्ड रनरअप घोषित भएका छन् ।

भूपेन्द्रले ट्रफीसँगै ३० लाख रुपैयाँ नगद प्राप्त गरेका छन् भने नामगेल तामाङले ५ लाख र रञ्जित नेपालीले ३ लाख रुपैयाँ प्राप्त गरेका छन् ।

त्यस्तै, झापाका विश्वास उप्रेती र मोरङकी लक्ष्मी पौडेल पनि फाइनलमा प्रवेश गरेका थिए । उनीहरुले गिटार र १० लाख बराबरको बीमा सुविधा प्राप्त गरे ।

नेपाल आइडल सिजन-४ को मुख्य निर्णाकको रुपमा संगीतकार शम्भुजीत बास्कोटा, गायक सुगम पोखरेल र गायिका सुबानी मोक्तान रहेका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स