‘पिर’ नामक गीतले तत्कालीन जनयुद्धमा लागेका महिलाको अपमान गरेको आरोप

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट केही भ्रातृ संगठनले गायक प्रकाश सपुतको ‘पिर’ नामक गीतले तत्कालीन जनयुद्धमा लागेका महिलाको अपमान गरेको आरोप लगाएका छन् ।

अखिल नेपाल महिला संघ, जनक्रान्तिका घाइते तथा अपांगता योद्धा संघ, जनसांस्कृतिक महासंघ र प्रेस सेन्टरलगायतले विज्ञप्ति प्रकाशन गरी गीतको भिडियोमा जनयुद्धमा होमिएका महिला र पुरुष अनैतिक कार्यमा पनि लागेको जस्तो व्यहोरा झल्कने गरी प्रस्तुत गरिएकाले यसले जनयुद्धप्रति नै अपमान गर्न खोजेको भन्दै आपत्ति जनाएका हुन् ।

उक्त भिडियोका कतिपय प्रस्तुति आपत्तिजनक भएको भन्दै ती संगठनहरुले सम्बद्ध व्यक्ति तथा निकायको ध्यानाकर्षण पनि गराएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स