अनलाईन हाजिरीजवाफ प्रतियोगिताको लागि आवेदनको घोषणा

काठमाडौं । ग्लोकल आफ्टर स्कुलले अपेक्स ‘Apex’ कलेजको सहकार्यमा Knowledge Maestro- Online Live Quiz एक दिने अनलाईन हाजिरी जवाफ प्रतियोगता आयोजना गर्न लागेको छ ।

प्रतियोगितामा १६- २४ बर्षका युवावर्गहरुले नि:शुल्क प्रतिस्पर्दा गर्नेछन र यस प्रतियोगिता युवाहरुको बौद्धिक क्षमतालाई विकास गराउने हिसाबले तयार गरिएको प्रतियोगिता हो ।

विगतका दिनहरूमा Knowledge Maestro को ४ संस्करणहरू सफलता पूर्वक आयोजना गरिएको थियो । यस प्रतियोगिता फेब्रुअरी १२ तारिकका दिन एकल राउण्डमा सन्चालन गरिनेछ । प्रतियोगिता २ फरक बिधामा सन्चालन हुनेछ जस अन्तर्गत आइटी तथा व्यापार एवम पर्यटन र आतिथ्य सम्बन्धी प्रश्नहरु सोधिनेछ ।

दुबै बिधामा आवेदन खुलेको कुरा आयोजकले जानकारी दिएको छ र दुबै बिधा प्रतियोगिताका बिजेता, पहिलो रनर अप र दोस्रो रनर अपलाई क्रमशः १५,०००, १०,००० र ५,००० नगद पुरस्कार प्रदान गरिनेछ ।
प्रतिस्पर्धा मापदण्ड :
१. प्रतियोगी १६ देखि २४ वर्ष उमेर समुहको हुनु पर्नेछ ।
२. सबै प्रतियोगी संग २ उपकरण हुनुपर्नेछ (प्राथमिकतास् ल्यापटप, मोबाइल)
३. सहभागीहरू सँग नेटवर्क जडान हुनुपर्दछ र यदि क्विजमा इन्टरनेटको कारणले कुनै विच्छेद भयो भने ग्लोकल जिम्मेवार हुनेछैन ।

प्रतियोगिताका लागि आवेदन खुलेको छ र यसका लागि इच्छुक प्रतियोगीहरुले https://glocalafterschool.com/knowledge-maestro-2022 मा दर्ता गराउनू पर्ने छ । आइटी तथा व्यापार एवम पर्यटन र आतिथ्य बिधाको आवेदन भर्ने अन्तिम मिती क्रमशः फेब्रुअरी ११ तथा १० निर्धारण गरिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स