नेपालले जित्यो एसियन सेन्ट्रल जोन महिला भलिबलको उपाधि

 

काठमाडौं । नेपालले उज्वेकिस्तानमाथि रोमाञ्चक जित हात पार्दै एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको उपाधि हात पारेको छ ।

२ वर्षअघि नेपाली राष्ट्रिय भलिबल टिमले पहिलो उपाधि जितेको थियो। त्यतिबेला ढाकामा भएको एभिसी एसियन सेन्ट्रल जोन भलिबलको उपाधि जित्दै नेपालले ऐतिहासिक सफलता हात पारेको हो । अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता खेल्न थालेको २० वर्षमा नेपालले सो उपाधि जितेको थियो।

पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता जितेको दुई महिना बित्न नपाउँदै नेपाली महिला भलिबल टिमले अर्को सफलता हात र्पायो ।

बंगलादेशको ढाकामा मंगलबार भएको प्रतिस्पर्धात्मक तथा रोमाञ्चक फाइनल खेलमा नेपालले उज्वेकिस्तानलाई ३–२ को सेटमा हराएको हो । निकै नै प्रतिस्पर्धात्मक पहिलो सेट नेपालले ट्राइब्रेकरमा २६–२४ ले जितेको थियो ।

सुरुवातदेखि नै उज्वेकिस्तानले खेलमा अग्रता बनाएपनि नेपालले १८/१८ मा अंक बराबरी गरेको थियो । त्यसपछि पनि निकै प्रतिस्पर्धात्मक बनेको खेल २४÷२४ मा पुग्दा नेपालले ट्राइब्रेकरमा बाजी मारेको हो ।

दोस्रो सेटमा पनि उज्वेकिस्तानले सुरुवातदेखि नै अग्रता बनायो । नेपाल १९–२३ ले पछि रहेको अवस्थामा उज्वेकिस्तानका प्रशिक्षकले खेल निर्णायकको निर्णयलाई नमान्दा रेफ्रीले रातो कार्ड देखाएक थिए । जसले गर्दा नेपालले अंक जोड्दै सर्भिस पनि पाएको थियो ।

तेस्रो सेटमा भने नेपालले २५–१५ ले सहजै जित्दै खेलमा २–१ को अग्रता बनायो । १०–११ ले पछि परेको नेपालले लगातार ८ अंक जोड्दै १८–११ को अग्रता बनाउँदै खेल २५–१५ ले सहजै जित्यो ।

चौथो सेटमा उज्वेकिस्तानले फेरि कमब्याक गर्दै २५–२२ ले सेट आफ्नो पक्षमा पार्दै खेल २–२ को अवस्थामा र्पुयायो । त्यसपछि पाँचौ तथा निर्णायक सेट १५–११ ले जित्दै नेपालले उपाधि जित्यो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स