८० करोडमा बिक्रि भयो कट्रिना र विक्कीको बिहेको भिडियो

काठमाडौं । बलिउड अभिनेता विक्की कौशल र अभिनेत्री कट्रिना कैफको बिहेको भिडियो ८० करोडमा बिक्रि भएको छ । उनीहरुको विवाहको भिडियो अमेजन प्राइमलाई ८० करोडमा बेचेको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

केही दिनअघि विक्की र कट्रिनाको विवाहको दृश्य सार्वजनिक गर्न एक ओटीटी प्लेटफर्मले एक सय करोडको अफर गरेको खबर सार्वजनिक भएको थियो ।

उनीहरुले आफ्नो विवाहको भिडियो सामाजिक सञ्जालमा भाइरल नहोस् भन्ने कारणले विवाहमा उपस्थित अतिथिहरुलाई पनि मोबाइल लैजान समेत प्रतिबन्ध लगाइएको छ ।

उनीहरुको विवाहको कार्यक्रम मंगलबारदेखि शुरु भएको छ र बिहीबार विवाह बन्धनमा बाँधिने कार्यक्रम रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स