विक्की र कट्रिनाको विवाहमा सुरक्षाको जिम्मा सलमान खानका बडिगार्ड शेरालाई

काठमाडौं । बलिउड अभिनेत्री कट्रिना कैफ र उनका प्रेमी विक्की कौशलको विवाह समारोह मंगलबारबाट शुरु भएको छ । उनीहरुको विवाह डिसेम्बर ९ राजस्थानमा हुँदैछ ।

त्यसैले पनि उनीहरुको विवाह हुने रिसोर्टमा उच्च सुरक्षा व्यवस्था गरिएको छ ।

कट्रिना/विक्कीको विवाहको सुरक्षाको जिम्मा सलमान खानका बडिगार्ड शेरालाई दिएको छ । शेराको आफ्नै एक सेक्युरिटी कम्पनी रहेको छ। उनले आफ्नो सेक्युरिटी कम्पनीको नाम टाइगर सेक्युरिटी राखेका छन् ।

यो जोडीको विवाहमा बलिउडका चर्चित व्यक्तिहरु समेत सहभागी हुँदैछन् । यसैले विवाह स्थलको सुरक्षाको लागि शेराको कम्पनीको साथै बरवाडा पुलिसले पनि सहयोग गर्दैछ ।

उनीहरुको योजना अनुसार संगीत समारोह डिसेम्बर ७ मा हुँदैछ भने मेहेन्दी डिसेम्बर ८ र ९ डिसेम्बरमा मुख्य विवाह समारोह हुनेछ । १० डिसेम्बरमा रिसेप्सनसँगै समापन हुनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स