अभिनेत्री प्रियंका चोपडाले किन हटाइन सामाजिक सञ्जालबाट जोनसको थर ?

एजेन्सी । बलिउड अभिनेत्री प्रियंका चोपडाले सामाजिक सञ्जाल इन्स्टाग्राम र ट्विटरबाट जोनसको थर हटाएकी छिन् ।

उनले यसअघि आफ्नो एकाउन्टमा प्रियंका चोपडा जोनस राख्दै आएकी थिइन् ।

यस कार्यले प्रियंका र निकको डिभोर्स गर्न लागेको कुराले चर्चा बटुल्न सफल भएको थियो । सोसल मिडियाका साथै मेनस्ट्रीम मिडियामा पनि प्रियंकाको यो कदमको अर्थ के हो भनेर चर्चा हुन थालेको छ । तर, प्रियंकाले यस विषयमा कुनै जानकारी वा स्पष्टिकरण भने दिएकी छैनन् ।

श्रीमानको मात्रै नभएर उनले आफ्नो पनि थर ट्विटर ह्यान्डलको युजरनेमबाट हटाएकी छन् । प्रियंका चोपडाकी आमा मधु चोपडाले यी सबै अफवाहलाई बकवास बताउँदै यसको खण्डन गरेकी छिन् । कतिले त यसलाई पब्लिसिटी स्टन्टका रुपमा लिएका छन् ।

बलिउड हंगामाका अनुसार उनले आफ्नो नयाँ प्रोजेक्टका लागि सामाजिक सञ्जालमा आफ्नो पहिलो नाम मात्रै प्रयोग गर्न खोजेकी हुन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स