क्लिन र ग्रिन ऊर्जामा नेपालले नेतृत्वदायी भूमिका खेल्न सक्छः अध्यक्ष कार्की

काठमाडौं । विश्वलाई क्लिन र ग्रिन ऊर्जामा नेपालले नेतृत्वदायी भूमिका खेल्न सक्ने स्वतन्त्र ऊर्जा उत्पादनहरुको संस्था नेपालका अध्यक्ष गणेश कार्कीले बताएका छन् । मंगलबार विश्वमा जलविद्युतमा प्राविधि र बजारका विषयमा भएको अन्तक्रिया कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । अध्यक्ष कार्कीले क्लिन र ग्रिन ऊर्जामा नेपाल चाँडै विकसित हुने बाटोमा रहेको बताए ।

उनले नेपालमा उत्पादित क्लिन र ग्रिन ऊर्जा भारत र बंलादेशमा निर्यातको बाटो खुला भएको र भारतमा निर्यात गरिरहेको बताए। उनले भारतसँग १० वर्षमा १० हजार मेगावट र बंलादेशसँग ४० मेगावट विद्युत निर्यात गर्ने सम्झौता भएको सो अवसरमा उल्लेख गरे । उनले नेपालले सन् २०४५ सम्ममा शून्य कार्वन उत्सर्जन गर्ने लक्ष्य लिएको पनि बताउँदै नेपाल दक्षिण एशियामा जलविद्युत उत्पादन र स्टोरेजको हब भएको बताए ।

उनले अहिले नै नेपालले वर्षातमा विदेशमा १ हजार मेगावट विद्युत निर्यात र सुख्खायाममा नेपालले ७ सय मेगावट विद्युत खरिद गरिरहेको जानकारी दिए । प्राकृतिक रुपमा नै धेरै जलविद्युत उत्पादन गर्नसक्ने अवस्था रहेको भन्दै ६ हजार मेगावट भन्दा बढीका २ हजार जलविद्युत आयोजनाहरु निर्माणाधिन अवस्थामा रहेको बताए ।

अष्ट्रेलिया विश्वको जलविद्युत उत्पादन र प्रविधिमा अगाडि रहेको भन्दै नेपालमा अष्ट्रेलियाको प्रविधि आदानप्रदान गर्न आवश्यक रहेको बताए । नेपाल जलविद्युत उत्पादनमा ठूलो सम्भावना बोकेको देश भएको बताउँदै अस्ट्रेलियाको जलविद्युत बजार पनि धेरै विकसित र एडभान्स रहेको बताए । बजार नीतिका बारेमा पनि नेपालमा जानकारी लिन जरुरी रहेको बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स