कुथेली बुखरी स्मल हाइड्रोपावरको नाफा १ करोड ५७ लाख

काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

गत वर्षको असार मसान्तसम्ममा कम्पनीले १ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले १ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

कम्पनीले विद्युत बिक्रीबाट ३ करोड ३७ लाख रुपैयाँ आम्दानी गरेको छ । त्यस्तै, कम्पनीको अन्य आम्दानी १५ लाख ३३ हजार रुपैयाँ रहेको छ ।

कम्पनीले ७१ लाख ५४ हजार रुपैयाँबराबरको प्रशासनिक खर्च र ५९ लाख ८ हजार वित्त खर्च (ब्याज भुक्तानी) गरेको छ ।

कम्पनीको चुक्तापुँजी १२ करोड १८ लाख रुपैयाँ छ भने रिजर्भको आकार ५ करोड ५५ लाख रुपैयाँ रहेको छ ।

बैंकबाट ४ करोड ५८ लाख रुपैयाँ कर्जा लिएको कम्पनीको कुल चालु सम्पत्ति ८७ लाख ७६ हजार र कुल चालु दायित्व १३ लाख ८२ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १२.९३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १६१.९५ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २००.६७ रुपैयाँ र मूल्य आम्दानी अनुपात ११६.७० गुणा रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स