एचआईडीसीएलको नाफा ५.६७ प्रतिशतले बढ्यो, अन्य सूचक कस्ता ?

काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले १ अर्ब ४५ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलानामा ५.६७ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ३७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीले ४ करोड ९८ लाख रुपैयाँ आम्दानी गरेको छ । यो अघिल्लो आवको सोहि अवधिको तुलानामा ३९४.४१ प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १ करोड ९० हजार रुपैयाँ आम्दानी गरेको थियो ।

कम्पनीको वित्तीय आम्दानी ३.०४ प्रतिशत र लाभांश आम्दानी १९.३७ प्रतिशतले घटेको छ । कम्पनीको अन्य आम्दानी १ लाख ९१ हजार रुपैयाँबाट बढेर १ करोड ९३ लाख रुपैयाँ पुगेको छ ।

चुक्ता पुँजी २२ अर्ब ८७ करोड ३९ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ३ अर्ब १९ करोड रुपैयाँ सञ्चित छ ।

कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ३१ पैसा बढेर ६.३५ रुपैयाँ ,प्रतिशेयर नेटवर्थ ११३.९५ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात २८.१८ गुणा रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स