अप्पर तामाकोशी हाइड्रोपावरको नोक्सानी घट्यो

काठमाडौं । अप्पर तामाकोशी हाइड्रोपावरले गत आर्थिक वर्षमा ४ अर्ब ९ करोड रुपैयाँ नोक्सानीमा रहेको छ । गत आर्थिक वर्षको अन्त्यसम्म कम्पनीको नोक्सानी २ अर्ब ६८ करोड रहेको थियो ।

कम्पनीको आम्दानी बढेको र खर्च घटेका कारण खुद नोक्सानी घट्न पुगेको हो । गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले विद्युत बिक्रीमार्फत ८ अर्ब ७५ करोड रुपैयाँ आम्दानी गरेको छ ।

यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.९३ प्रतिशत बढी हो । समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी २८.३३ प्रतिशत बढेको छ । कम्पनीको वित्तीय आम्दानी २३.१७ प्रतिशत र वित्तीय खर्च ७.६८ प्रतिशत घटेको छ ।

असार मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ६९ पैसा ऋणात्मक रहेको छ । प्रतिसेयर नेटवर्थ ५६ रुपैयाँ ८८ पैसा रहेको छ । २१ अर्ब १८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोष भने ९ अर्ब १३ करोड रुपैयाँ ऋणात्मक रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स