प्राधिकरणले मिटरको क्षमता बढाउँदा शुल्क नलिने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आगामी महिनादेखि विद्युत् लाइन (मिटर)को क्षमता बढाउँदा शुल्क नलिने भएको छ । प्राधिकरणले सिंगल र थ्री-फेज मिटरको क्षमता बढाउँदा शुल्क नलिने भएको हो ।

पहिले सिंगल फेज मिटरको क्षमता बढाउँदा २०० रुपैयाँ शुल्क लाग्थ्यो भने थ्री फेज मिटरको क्षमता बढाउँदा ५०० रुपैयाँ लाग्थ्यो । अबदेखि भने दुवै मिटरको क्षमता बढाउँदा निःशुल्क गरिएको छ ।

त्यस्तै, प्राधिकरणले मिटरको क्षमता घटाउँदा लाग्ने शुल्क भने बढाएको छ, यसअघि सिंगल फेज मिटरको क्षमता बढाउन सय रुपैयाँ लाग्ने गरेकोमा अब ३ सय रुपैयाँ पुर्‍याइएको छ । थ्री फेज मिटरको क्षमता घटाउँदा ३०० लाग्ने गरेकोमा अब ५०० रुपैयाँ लाग्ने भएको छ ।

विद्युत प्राधिकरणले शुल्क नलिने गरी गरेको प्रस्तावलाई विद्युत् नियमन आयोगले स्वीकृत गरिसेकको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स