हायर पर्चेज कर्जाको भारित जोखिमभार घट्दा पनि खुशी छैनन् अटो व्यवसायी, भन्छन् ‘लोन टू भ्यालु रेसियो’ घटाउनु पर्यो

काठमाडौं । मौद्रिक नीति समीक्षाले हायर पर्चेज कर्जाको भारित जोखिमभार घटाउँदा पनि अटो व्यवसायीहरू खुशी देखिएका छैनन् । अटो व्यवसायीहरूले हायर पर्चेजको जोखिमभार घटाएको राष्ट्र बैंकलाई ‘लोन टू भ्यालु रेसियो’ घटाउन माग गरेको हो ।

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाका सम्बन्धमा नाडाको ध्यानाकर्षण भएको छ । मौद्रिक नीतिको तेस्रो समीक्षामा बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने विद्यमान १२५ प्रतिशत जोखिम भार रहेका छ । हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जाको जोखिम भार घटाइ १०० प्रतिशत कायम गरिने छ ।

बैंक तथा वित्तीय संस्थाहरुको १ वर्ष अवधि व्यतित भईसकेका लगानी मध्येबाट एक आर्थिक वर्षमा आफ्नो प्राथमिक पुँजीको २० प्रतिशतसम्म बिक्री गर्न पाउने व्यवस्था मिलाइने छ भनिएको छ । बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित असलवर्गमा वर्गीकरण भएका कर्जाहरुको लागि गर्नुपर्ने विद्यमान कर्जा नोक्सानी व्यवस्था १.२५ प्रतिशतबाट घटाइ १.२० प्रतिशत कायम गरिनेछ भनिएको छ । जुन ज्यादै सकारात्मक छन् ।

तथापि नाडाले नेपालको अटोमोवाइल क्षेत्रको उत्थानका लागि आवश्यक पर्ने विभिन्न महत्वपूर्ण निम्न नीतिगत सुझावहरु पनि दिएको थियो । पेट्रोल र डिजेलबाट चल्ने सवारी साधनहरुलाई बैकहरुबाट हायर पर्चेज लोन प्रवाह गर्ने प्रकियामा ‘लोन टू भ्यालु रेसियो’ मा हाल ५० प्रतिशतको सिमा तोकिएको छ, ।

अटोमोवाइल व्यवसाय गम्भिर रुपले प्रभावित बनेकोले लोन टू भ्यालु रेसियो ५० प्रतिशत बढाएर ७५ प्रतिशत पुर्याउनु पर्ने छ । नेपाल राष्ट्र बैंकले पेट्रोल र डिजेलबाट चल्ने नीजि प्रयोजन र व्यावसायीक महत्वका सवारी साधनहरुलाई स्पष्ट रुपमा छट्याई सोहि अनुरुप बैंक लगानी गर्न सहजीकरण गरि दिनु पर्नेछ ।

घरपरिवारको आम्दानी सामान्यतया घरका धेरै सदस्यहरूले प्रयोग गर्ने अर्थात दम्पतीले सवारी साधनको रूपमा अटोलोन उधारकर्ताको चुक्ता गर्ने क्षमताको गणना गर्दा विचार गर्नुपर्ने छ । सवारी साधनको लागि आफै प्रतीतपत्र खोल्दा नेपाल राष्ट्र बैंकको १० प्रतिशत धरौटी रकम लिएर मात्र प्रतीतपत्र जारी गर्ने व्यवस्थाको जिम्मेवारी सम्बन्धित बैंकहरुलाई नै प्रदान गरिनु पर्ने भनि नाडाले दिएका सुझावहरुका विषयहरुमा भने उक्त समिक्षामा कुनै सम्बोधन गरिएको छैन ।

नेपाल राष्ट्र बैंकले ल्याएका यी आशिंक सुधारहरु निश्चय नै सकारात्मक छन् र नाडाले दिएको उक्त सुझावहरु पनि आउदा दिनहरुमा नेपाल राष्ट्र बैंकबाट सम्बोधन हुदै जाने छ भन्ने विषयमा सम्पूर्ण अटोमोवाइल व्यवसायीहरु विश्वस्त रहेका छन् ।

 

प्रतिक्रिया

हेडलाइन्स