विद्युत महशुल घट्यो, २० युनिटसम्म खपत गर्नेले डिमाण्ड चार्जमात्रै तिरे पुग्ने

काठमाडौं । सरकारले विद्युतको महशुल घटाएको छ । विद्युत् नियमन आयोगले बुधबार पत्रकार सम्मेलन गरेर नयाँ महशुल दर सार्वजनिक गरेको हो । नयाँ महशुल दरअनुसार अब २० युनिटसम्म विद्युत् खपत गर्नेले न्यूनतम शुल्क ३० रूपैयाँ मात्रै तिरे पुग्नेछ ।

यद्यपि २१ युनिट खपत गर्नेले प्रतियुनिट ३ रूपैयाँका दरले शुल्क तिर्नु पर्ने छ । आयोगले नेपाल विद्युत् प्राधिकरणको प्रस्तावमा नयाँ महसुल दर तय गरेको आयोगका अध्यक्ष डिल्लीबहादुर सिंहले बताए ।

अब २० युनिटसम्म बिजुली प्रयोग गर्ने उपभोक्ताले अब मासिक न्यूनतम शुल्क ३० रुपैयाँ मात्रै महशुल तिरे पुग्ने भएको छ । अब मंसिरदेखि सरकारले इनर्जी शुल्क भने नलिने भएको छ । आयोगले वर्षायाम र हिउँदयामको महशुल समेत फरक गरेको जनाएको छ । यसरी हेर्दा प्रतियूनिट महशुल मात्रै १ रुपैयाँले फरक गरिएको छ ।

नेपाल विद्युत् प्राधिकरणले गरेको प्रस्ताव अनुसार नै आयोगले न्यूनतम शुल्क कायम राखेर अन्य शुल्क नलाग्ने व्यवस्था गरेको आयोगका अध्यक्ष दिल्ली वहादुर सिंहले बताए । गार्हस्थ्य उपभोक्ताका लागि औसतमा २.८४ प्रतिशत मात्रै महशुल घटेको छ ।

वर्षायाममा ४०० युनिटसम्म खपत गर्ने ग्राहकले अब प्रतियूनिट १० रुपैयाँ ५० पैसा तिर्नुपर्छ । यस्तै, हिउँदमा भने ११ रुपैयाँ ५० पैसा तिर्नुपर्छ । असारदेखि कात्तिकसम्म वर्षायाम र कात्तिकदेखि जेठसम्म हिउँद मानिएको छ ।

गार्हस्थ्य उपभोक्ताको लागि सिंगल फेजबाट मासिक १५१ देखि २५० यूनिटसम्म बिजुली खपत गर्ने ५ एम्पियर, १५ एम्पियर र ३० एम्पियरका गार्हस्थ्य उपभोक्ताको महसुलमा २५ रुपैयाँले कटौती गरी क्रमशः १००, १२५ र १५० कायम गरिएको छ ।

४०० युनिटभन्दामाथि खपत गर्ने ग्राहकको महशुलमा पनि २५ रुपैयाँ घटाइएको छ । अब न्यूनतम १५० देखि अधिकतम २५० कायम गरिएको छ ।

आयोगले वर्षायाम र हिउँदयामको महशुल समेत फरक गर्ने प्रयास गरेको जनाएको छ । तर, कूल रुपमा हेर्दा प्रतियूनिट महशुल मात्रै १ रुपैयाँले फरक गरिएको छ ।

 सिँचाइका लागि प्रतियुनिट २ रुपैयाँमात्रै

सिँचाइका लागि प्रयोग हुने बिजुलीको नयाँ महशुलदर प्रतियुनिट २ रुपैयाँदेखि ३ पैयाँसम्म मात्रै लिन पाउने व्यवस्था आयोगले गरेको छ । ११ केभीका प्रसारण लाइनबाट सिँचाइका लागि बिजुली लिने ग्राहकले अब रातको समयमा इनर्जी शुल्क २ तिरे पुग्ने भएको छ । टीओडी मिटर नराखेका ग्राहकले भने सिँचाइ सुविधाका लागि २ रुपैयाँ ५० पैसा महसुल तिर्नुपर्छ । २२० देखि ४०० भोल्टका ग्राहकले भने प्रतियुनिट २ रुपैयाँ २५ पैसा महसुल तिर्नुपर्छ । नयाँ महसुल आगामी मंसिर १ गतेदेखि लागू हुनेछ ।

औद्योगिक ग्राहकका लागि टीओडी मिटरको हकमा डिमाण्ड शुल्क प्रतिकेभीए १३२ केभी फिडरमा २३० रुपैयाँ तोकिएको छ । पिक समयमा प्रतियुनिट १० रुपैयाँ, राति ४.६५ पैसा र बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म ८ रुपैयाँ २० पैसा तिर्नुपर्छ ।

६६ केभीका ग्राहकले डिमाण्ड शुल्क प्रतिकेभीए २४० रुपैयाँ तिर्नुपर्छ । पिक समयमा प्रतियुनिट १० रुपैयाँ १० पैसा, राति ४ रुपैयाँ ७५ पैसा र बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म ८ रुपैयाँ ३० पैसा तिर्नुपर्छ ।

चार्जिङ स्ठेशनको पनि शुल्क निर्धारण

चार्जिङ स्टेशनले डिमाण्ड शुल्क २३० रुपैयाँ तिर्नुपर्छ । रातको समयमा सवारी साधन चार्ज गर्दा प्रतियुनिट ३ रुपैयाँ ७० पैसा मात्रै तिरे हुने व्यवस्था आयोगले छ । चार्जिङ स्टेशनले २० प्रतिशतसम्म मात्रै थप गरी महसुल लिन पाउने व्यवस्था गरिएको छ ।

प्राधिकरणले प्रस्ताव गरेको कूल आम्दानीमध्ये आयोगले ३ अर्ब ३२ करोड ३५ लाख रुपैयाँ घटाइ ९५ अर्ब ७८ करोड २४ लाख ९७ हजार कायम गरिदिएको छ । यस्तै, अब मिटरको क्षमता वृद्धि गर्दा लाग्दै आएको शुल्क भने नलाग्ने भएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स