काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले ५ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद नाफा ११.३८ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ६ करोड ५ लाख रुपैयाँ कमाएको थियो।
समीक्षा अवधिमा कम्पनीको सेवा शुल्क, ब्याज तथा अन्य आम्दानी १६.४८ प्रतिशत घटेको छ। त्यसैगरी, समीक्षा अवधिमा कम्पनीको ब्याज खर्च ६३.८९ प्रतिशत घटेको छ भने कुल खर्च १.९३ प्रतिशत बढेको छ। नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेको छ।
समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १ रुपैयाँ ६४ पैसत घटेर १२ रुपैयाँ ७८ पैसामा सीमित भएको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १६५ रुपैयाँ ६३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ८७.६३ गुणा रहेको छ।