बुटवल पावर कम्पनीको नाफा २२.०३ प्रतिशतले घट्यो, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

समिक्षा अवधिमा कम्पनीको खुद नाफा १७ करोड ८३ लाख रुपैयाँ रहेको छ । यो गत वर्षको सोहि अवधिको तुलनामा २२.०३ प्रतिशतले कम हो । अघिल्लो वर्ष कम्पनीले २२ करोड ८७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

कम्पनीको दोस्रो त्रैमाससम्म खुद आम्दानी ५.६४ प्रतिशतले घटेर ४१ करोड ३९ लाख पुगेको छ ।
गत वर्ष यस अवधिमा ४३ करोड १५ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

कम्पनीको प्रशासनिक तथा अन्य सञ्चालन खर्च ७ करोड ७५ लाख रुपैयाँले ऋणात्मक रहेको छ । कम्पनीको वित्त आम्दानी २ करोड ७० लाख र वित्त खर्च ५ करोड २४ लाख रुपैयाँ रहेको छ ।

कम्पनीको रिजर्भ कोषको आकार ४.४१ प्रतिशतले घटेर १७ करोड १२ लाख रुपैयाँमा सीमित भएको छ । कम्पनीको कुल चालु सम्पत्ति १ अर्ब ६ करोड रुपैयाँ र चालु दायित्व ३३ करोड ९४ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ५.२३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २०६.७३ रुपैयाँ र मूल्य आम्दानी अनुपात ५९.२७ गुणा कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स