प्राधिकरणले २० युनिटसम्मको विद्युत निःशुल्क प्रधान गर्ने

काठमाडौं । मङ्सिर १ गतेदेखि लागु हुनेगरि सरकारले २० युनिटसम्मको विद्युत निःशुल्क प्रधान गर्ने निर्णय गरेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले २० युनिटसम्म खपत गर्ने विपन्न वर्गको ग्राहकहरुलाई निःशुल्क विद्युत दिने निर्णय गरेको हो ।

उनका अनुसार यसअघि प्रतियुनिट १२ रुपैयाँ रहेको शुल्कमा १ रुपैयाँ घटाएर ११ रुपैयाँ बनाइएको छ ।

१० युनिटसम्म विद्युत् उपयोग गर्ने घरायसी वर्गका ५ एम्पियरमार्फत लाइन लिने उपभोक्तालाई न्यूनतम शुल्क निः शुल्क रहेकोमा प्राधिकरणले २० युनिटसम्मका लागि निःशुल्क दिने प्रस्ताव गरेको थियो ।

प्राधिकरणको प्रस्ताव अनुसार महिनामा २० युनिट मात्रै खपत गर्ने ग्राहकले ३० रुपैयाँको डिमान्ड शुल्क मात्रै तिर्दा हुनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स