विद्युत प्राधिकरणले बनाएको चार्जिङ स्टेशनमा निशान र किया गाडी चार्ज नहुने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युतीय सवारीलाई प्रवद्र्धन गर्न निर्माण गरेको चार्जिङ स्टशेनमा निशान र किया गाडीको चार्ज नभएको सवारी धनीले दुखेसो गरेका छन् । विशेष कामवस धादिङबेसी गएका उनी घर फर्कदै गर्दा उनले धुनिवेसी नगरपालिकोको नौबिसेमा आफ्नो गाडी चार्ज गर्न खोजे, तर गाडी चार्ज गर्न मिलेन ।

विद्युत प्राधिकरणले निर्माण गरेको चार्जिङ स्टेशनमा चार्ज गराउन खोज्दा गाडी चार्ज गर्ने पोर्ट नै नमिलको गुनासो उनले गरेका छन् अहिले उनी व्यक्तिको घरमा निशान लिफ चार्ज गरेर बसिरहेका छन् ।

‘सरकारी स्वामित्वको नेपाल विद्युत प्राधिकरणले बनाएको चार्जिङ स्टेशनमा सबै विद्युतीय सवारीको चार्ज गर्न मिल्नु पर्ने हो,’ उनले भने ‘एमजी, बीवाईडी, नेटा, नेक्सस, टोयटालगायका गाडीको चार्ज गर्न मिलेपनि निशान र कियाको भने मिल्दोरहेनछ ।’

विशेष गरेर भारतमा उत्पादन भएका गाडीलाई प्राथमिकतामा राखेर चार्जिङ स्टेशन बनाएको उनले आरोप लगाए । ‘देशनै कमिशनमा चलेको छ’, उनले भने ‘युनिभर्सल चार्जिङ स्टशेन भनेर केहि निश्चित गाडीको मात्रै पोर्ट मिल्ने गरी प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चार्जिङ स्टशेन बनाएर आम उपभोक्तालाई दुःख दिएका छन् ।’

चार्जिङ स्टशेनमा निशानको लिफ चार्ज गर्न नमिले पछि हाम्रोअर्थले कम्पनीलाई सोध्दा कम्पनीले हामीले बारम्बार प्राधिकरणलाई भन्दा पनि सो कुराको सुनुवाइ नभएको बताएको छ । ‘हामीले हाम्रो गाडी (निशान लिफ) को पोट विद्युत प्राधिकरणले बनाएको चार्जिङ स्टेशनमा मिल्दैन, हाम्रो कम्पनीको गाडीलाई पनि पोट मिल्ने गरी चार्जिङ स्टशेन बनाइ दिनु पर्यो पर्यो भनेर प्राधिकरणलाई भनिरहेका छौं ।’

नेपाल विद्युत प्राधिकरणले बनाएको चार्जिङ स्टशेनको वारेमा प्राधिकरणका प्रवक्ता सुरेश बहादुर भट्टराईसँग कुरा गर्दा उनले सबै गाडीको पोर्ट मिल्ने गरी अन्तर्रासिष्ट्रय स्तरको चार्जिङ स्टेशन बनाएको दावी गरे । ‘हामीले युनिभर्सल रुपमा उपयोग हुने गरी अन्तर्राष्ट्रिय मापदण्ड अनुसार बनाएको चार्जिङ स्टशेनमा सबै गाडीको चार्ज गर्न मिल्छ । आज तपाईले मात्रै यो गुनासो गर्नुभयो । यदि यस्तो हो भने यसको समस्या समाधान प्राधिकरणले ग र्ने होइन, कम्पनी आफैले आफ्ना ग्राहकलाई सेवा दिने हिसाबले चार्जिङ स्टेशन बनाइ दिनुपर्छ ।’

प्राधिकरणले बनाएको स्टेशन उहाँहरूका लागि उपयोग हुन नसके कम्पनीले बनाउने हो । हामीले विद्युतीकरण अर्थात पूर्वाधार बनाइ दिने हो भन्दै प्रवक्ता भट्टराईले भने ‘देशभर ५१ वटा चार्जिङ स्टेशन निर्माण भइसकेको छ । प्राविधिक पूर्वाधार तयार पारिदिने काम प्राधिकरणको हो । यदि कुनै कम्पनीले चार्जिङ स्टेशन बनाउन लागेको छ भने त्यहाा ११ केभीएको लाइन छ कि छैन भनेर प्राधिकरणले प्राविधिक पक्ष हेरिदिन्छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स