काठमाडौं । नेपाल विद्युत प्राधिकरण कर्मचारी संघको अध्यक्षमा पुनः जनार्दन भट्टराई निर्वाचित भएका छन् । संघको शनिबार सम्पन्न १२ औं महाधिवेशनमा भट्टराई २२४ मत ल्याइ बिजयी भएका हुन् ।
उनका प्रतिद्वन्दीहरुमध्ये प्रमिला ढुङ्गानाले ८०, इन्द्र प्रसाद न्यौपानेले ४५ र उमेश कुमार शाहले ३३ मत ल्याएका छन् ।
संघको सह अध्यक्षमा टंकप्रसाद अधिकारी, वरिष्ठ उपाध्यक्ष (खुला) मा खिमेन्द्र बुढाथोकी, पुष्पराज भट्टराई र राजेन्द्र थापा विजयी भएका छन् ।
वरिष्ठ उपाध्यक्षमै महिलातर्फ सुजना काफ्ले, मधेशीतर्फ नरेश कुमार चोरवार र आदिबासी जनजातितर्फ भीमप्रसाद गनगाई विजयी भएका छन् । उपाध्यक्षमा भने नवराज कडरिया र सबिन कार्की विजयी भएका छन् ।
त्यस्तै महासचिवमा धिमन्तराज न्यौपाने, उपमहासचिवमा श्रीराम सापकोटा र कोषाध्यक्षमा लक्ष्मी पराजुली निर्वाचित भएका छन् ।