उद्योगलाई विद्युत् आपूर्ति गर्नका लागि स्विचिङ् स्टेशन निर्माण

काठमाडौं । सञ्चालनमा आउने तयारी गरेको हुवासिन सिमेन्ट उद्योगलाई नेपाल विद्युत् प्राधिकरणले बिजुली उपलब्ध गराउन स्विचिङ स्टेशन निर्माण गरेको छ । धादिङको बेनिघाटरोराङ गाउँपालिका–२ ताल्तीमा निर्माण भइरहेको हुवासिन उद्योग चाइनिज कम्पनी हो ।

बीस मेगावाट बिजुली माग गरेको हुवासिन सिमेन्ट उद्योगका लागि सिद्धलेक गाउँपालिका–६ मा स्विचिङ स्टेशन निर्माण गरी कम बिजुली खपत हुने दशैंका समयमा चार्जजसमेत गरिएको उद्योगका जनसम्पर्क अधिकारी तुलसीजंग थापाले बताए । मस्र्याङ्दी–स्युचाटार १३२ केभी प्रसारण लाइनअन्तर्गत तनहुँस्थित तल्लो मस्र्याङ्दी विद्युत् गृहबाट आएको प्रसारण लाइन स्वीचिङ स्टेसनमा भित्रने र बाहिरिनेछ ।

स्विचिङ स्टेशन निर्माणपछि तिहार अगाडि यो उद्योग सञ्चालनमा आउनेछ । हुवासिन सिमेन्टले आफ्नै खर्चमा स्वीचिङ स्टेसन निर्माण गर्न गत वर्ष सुरु गरेको थियो । कम्पनीले स्वीचिङ स्टेसनबाट कारखानासम्म करिब १४ किलोमिटर प्रसारण लाइन र कारखाना परिसरभित्र १३२/१० केभीको सवस्टेसन निर्माण गरेको छ ।

स्वीचिङ स्टेसनको निर्माणपछि गल्छी, नौबिसे क्षेत्रमा खुल्न लागिरहेका उद्योगलाई विद्युत् उपलब्ध गराउन पूर्वाधार तयार भएको छ । साथै त्यहाँबाट स्थानीयरुपमा विद्युत् आपूर्ति गर्न सकिने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । उद्योगले १६ अर्बको लगानी गरेको र तिहारअघि नै परीक्षण उत्पादन गर्ने जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स