अपि पावर कम्पनीको हकप्रद बाँडफाँट

काठमाडौं । असोज ८ गते अपि पावर कम्पनीको हकप्रद सेयर बाँडफाँट भएको छ । कम्पनीले साउन ३१ गतेदेखि भदौ १९ गतेसम्म १० बराबर ४ अनुपातमा निष्काशन गरेको हकप्रद सेयर बाँडफाँट भएको हो ।

कम्पनीले १ अर्ब ६५ करोड ३३ लाख १३ हजार ७०० रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता सेयर निष्काशन गरेको थियो। सोमध्ये निष्काशन अवधिभर रीतपूर्वक आवेदन दिने १ लाख १० हजार ५६१ सेयरधनीहरुलाई १ करोड ५३ लाख ३७ हजार २०३ कित्ता सेयर बाँडफाँट गरिएको हो।

बाँडफाँटमा नपरेको सेयर बापतको रकम असोज १२ गते शुक्रबारदेखि आईपीएसमार्फत सेयरधनीहरको खातामा रकमान्तर गरिने व्यवस्था मिलाइएको छ ।

सो अवधिमा आवेदनमा नपरेको सेयर भने कम्पनीले लिलाम बिक्री गर्ने भएको छ । कम्पनीले सर्वसाधारण समूहतर्फको ११ लाख ९४ हजार ९३४ कित्ता अवितरित हकप्रद सेयर लिलाम बिक्री गर्नेछ । सो सेयर खरिदका लागि लगानीकर्ताले असोज १७ गतेदेखि २४ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १०० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतमका लागि कुनै हक लाग्ने छैन ।

कम्पनीको सेयर बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स