६ बैंकले ब्याजदर घटाउँदा ७ बैंकले बढाए, ११ प्रतिशतभन्दा माथि पुग्यो निक्षेपको ब्याज, कुन बैंकको कति ?

काठमाडौं । वाणिज्य बैंकहरुले असोज महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन् । असोज महिनामा ६ वटा बैंकले ब्याजदर घटाएका छन् भने बाँकी बैंकले ब्याजदर बढाएका छन् । ब्याजदर प्रकाशित गरेका १७ वाणिज्य बैंकहरूको ब्याजदर अनुसार ७ बैंकहरुले भदौ महिनाको तुलनामा ब्याजदर बढाएका छन् र बाँकी ४ बैंकहरुले भने भदौ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्।

असोज महिनामा ब्याजदर घटाउने बैंकहरूमा नेपाल एसबिआई बैंक, सिटिजन्स बैंक, कुमारी बैंक, राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आईएमई बैंक, ट्याण्डर्ड चार्टर्ड बैंक रहेका छन् । यी बैंकले भदौ महिनाको ब्याजदरमा ०.८४ प्रतिशतसम्म ब्याजदर घटाएका हुन् भने ब्याजदर बढाउने बैंकहरूले एक प्रतिशतसम्म ब्याजदर बढाएका छन् । ट्याण्डर्ड चार्टर्ड बैंकले भने संस्थागत निक्षेपको ब्याजदर घटाएको छ भने व्यक्तिगत निक्षेपको ब्याजदर बढाएको छ ।

असोज महिनामा सबैभन्दा बढी ब्याजदर प्राइम कमर्शियल बैंकले दिने भएको छ भने भदौ महिनाको तुलनामा सबैभन्दा बढी ब्याजदर हिमालयन बैंकले बढाएको छ । प्राइम कमर्शियल बैंकले व्यक्तिगत र संस्थागत मुद्दती निक्षेप ११.३५ प्रतिशत र संस्थागत ब्याज दिने भएको छ ।

असोज महिनाका लागि एभरेष्ट बैंक, नेपाल इन्भेष्टेमन्ट मेगा बैंक, प्राइम कमर्सियल बैंक, नबिल बैंक र नेपाल एसबिआई बैंकले ब्याजदर बढाएका छन् ।

सबैभन्दा बढी ब्याजदर बढाउने बैंकमा हिमालयन बैंक रहेको छ भने दोस्रोमा एभरेष्ट बैंक रहेको छ ।
हिमालयन बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ११.०५४ प्रतिशत ब्याज दिने भएको छ भने संस्थागत मुद्दती निक्षेपमा ९.५४ प्रतिशत ब्याज दिने भएको छ । यी दुई बैंकले क्रमशः १.०६४ र १.०५४ प्रतिशतविन्दु ब्याजदर बढाएका छन्। यी दुबै बैंकहरुको अधिकतम ब्याजदर ११.०५४ प्रतिशत रहेको छ।

प्रभु बैंक, एनएमबि बैंक, माछापुच्छ्रे बैंक र सिद्धार्थ बैंकले भने भदौ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् अर्थात यी ४ बैंकहरुले ब्याजदरमा कुनै परिर्वतन गरेका छैनन्।

यता ग्लोबल आइएमई बैंक, लक्ष्मी सनराइज बैंक, राष्ट्रिय वाणिज्य बैंक, कुमारी बैंक, सिटिजन्स बैंक र नेपाल बैंकले ब्याजदर घटाएका छन् । जसमध्ये नेपाल बैंकले सबैभन्दा बढी १.६०३ प्रतिशतविन्दु ब्याज घटाएको छ ।

नबिल बैंकले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । केही बैंकहरुले भदौ महिनाको तुलनामा ब्याजदर बढाएका छन् भने केही बैंकहरुले घटाएका छन्। नबिल बैंकले भने असोजदेखि लागू हुनेगरि ब्याजदर बढाएर सार्वजनिक गरेको हो ।

नयाँ ब्याजदर अनुसार १ वर्ष र त्योभन्दा माथिको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ०.५६ प्रतिशत विन्दुले बढेर १०.४९ बाट ११.०५ प्रतिशत पुगेको छ । बैंकले साधारण बचततर्फ ६.०५ प्रतिशतदेखि ९.०५ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ ।

तीन महिनादेखि ६ महिनासम्मको व्यक्तिगत मुद्दती निक्षेपमा बैंकले १०.०५ प्रतिशत र ६ महिनादेखि १ वर्षसम्मको मुद्दती निक्षेपमा १०.५५ प्रतिशत ब्याज दिइने छ । असारसम्म सबै प्रकारका मुद्दती निक्षेपमा बैंकले ९.९९ प्रतिशत ब्याज दिँदै आएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स