विद्युत बिक्रीबाट बुटवल पावरले कमायो साढे ७२ करोड नाफा

काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्म विद्युत बिक्री मार्फत ७२ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.५३ प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले विद्युत बिक्री गरी ७७ करोड ५० लाख रुपैयाँ कमाएको थियो ।

कम्पनीको विद्युत बिक्री आम्दानी र खुद नाफा दुबै अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ । समीक्षा अवधिमा कम्पनीको अन्य आम्दानी १००.९१ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ६.१९ प्रतिशत घटेको छ ।

विद्युत बिक्री आम्दानीसँगै कम्पनीको खुद नाफा पनि घट्न पुगेको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले २६ करोड ७३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २.४९ प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्ष कम्पनीले २७ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ६० पैसा घटेर ७ रुपैयाँ ८४ पैसामा अन्तिम कारोबार भएको छ । सो अवधिसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ २०५ रुपैयाँ १० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४२.१६ गुणा रहेको छ ।

३ अर्ब ४० करोड ९० लाख रुपैयाँ चुक्ता पूँजी भएको यस कम्पनीको अन्य इक्विटी ३ अर्ब ५८ करोड २८ लाख रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स