अपि पावरले हकप्रदको लागि पूर्वस्वीकृति पायो, कति आउँदै छ हकप्रद

काठमाडौं । अपि पावर कम्पनीले हकप्रद सेयर निष्काशनका लागि अनुमति प्राप्त गरेको छ । विद्युत नियमन आयोगको असोज ७ गतेको १३७ औं बैठकलबाट अपि पावरलाई हकप्रद सेयर निष्काशन गर्नका लागि पूर्वस्वीकृति प्रदान गरेको हो ।

अपि पावर कम्पनीको चुक्ता पूँजी २ अर्ब ७५ करो ८९ लाख १५ हजार रुपैयाँ छ ।

कम्पनीले १ः०.३९३६३३ का दरले हकप्रदका लागि अनुमति प्राप्त गरेको हो । कम्पनील्े १ अर्ब ८ करोड ६० लाख रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर निष्काशनका लागि पूर्व स्वीकृति प्राप्त गरेको हो ।

अपि पावरले दार्चुलामा ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स