अवसर इक्विटी फन्डले हिम पर्वत हाइड्रोपावरमा ३९ करोड ६ लाख लगानी गर्ने

काठमाडौं । नेपाल पहिलो प्राइभेट इक्विटी फन्ड ‘अवसर इक्विटी डाइभर्सिफाई फन्ड’ले हिम पर्वत हाइड्रोपावरको जलविद्युत आयोजनामा लगानी गर्ने भएको छ।

अवसर इकिवटी र हिम पर्वत हाइड्रोपावरबीच लगानी सम्झौता भएको हो। सम्झौताअनुसार अवसर इक्विटीले हिम पर्वत हाइड्रोपवारले दुईवटा रन अफ रिभरमा आधारित जलविद्युत आयोजना सागुखोला–१ जलविद्युत आयोजना (५.५ मेगावाट) र सागु खोला जलविद्युत आयोजना (२० मेगावाट)मा ३९ करोड ६ लाख रुपैयाँ लगानी गर्नेछ।

यी जलविद्युत आयोजना दोलखा जिल्लामा निर्माणाधीन छन्। यी दुवै जलविद्युत आयोजनाले अनुमानित वार्षिक १४९ गिगावाट प्रतिघन्टा विद्युत उत्पादन गर्ने रहेको छ।

ती दुई आयोजनाबाट उत्पादन हुने विद्युत सिंगटी सबस्टेसनबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछन्। यी दुवै आयोजनाले २०८१ चैत २९ गतेबाट व्यावसायिक रुपमा विद्युत थाल्नेछन्।

कम्पनीले गरेको लगानीबाट यी दुवै आयोजना समयमै निर्माण सकिने र क्लिन इनर्जीप्रति राष्ट्रको प्रतिबद्धतालाई पूरा गर्ने कम्पनीले आशा गरेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स