भोलिदेखि नेपाल र बंगलादेशबीच विद्युत व्यापार बैठक, लिखु–४ र सनुकोशी–३ को विषयमा पनि छलफल हुने

काठमाडौं । सोमबारदेखि बंगलादेशमा नेपाल र बंगलादेशबीच विद्युत व्यापार गर्ने बैठक सुरु हुँदैछ । दुई देशबीच विद्युत व्यापारको वातावरण तयार गर्न बैठक बस्न लागेको हो ।

नेपालले बंगलादेशमा लिखु–४ जलविद्युत आयोजनाबाट उत्पादित बिजुली बेच्ने प्रस्ताव गरेको छ । उक्त प्रस्तावमा भारतको सहमति लिएर भारतले आफ्नो प्रसारणलाइन प्रयोग गर्न अनुमति दिएपछि नेपालले बंगलादेशसँग विद्युत व्यापार गर्नेछ ।
बैठकमा सुनकोशी–३ आयोजना निर्माणका सम्बन्धमा पनि छलफल हुनेछ । यो परियोजना नेपाल र बंगलादेशले संयुक्त रुपमा बनाउने सहमति भइसकेको छ ।

४० देखि ५० मेगावाट बिजुली बंगलादेशमा निकासी गर्नेबारे प्रशारणलाइन प्रयोगका लागि भारत सरकारसँग सहयोग लिन नेपालले छलफल गरिरहेको छ ।

बंगलादेशमा सुरु हुने वार्तामा पहिलो दिन संयुक्त कार्य समूहको बैठक बस्ने छ । दोस्रो दिन नेपाल र बंगलादेशका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक बस्नेछ । बैठकमा नेपालको नेतृत्व ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव दिनेश घिमिरेले गर्नेछन् भने बंगलादेशका तर्फबाट ऊर्जा सचिव हाबिबुर रहमानले नेतृत्व गर्नेछन् ।

विद्युत व्यापार थाल्नेबारे नेपालको विद्युत प्राधिकरण र बंगलादेशको बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी)बीच समझदारीमा हस्ताक्षर गर्ने बारे पनि छलफल हुनेछ । समझदारीपत्रको मस्यौदा बनिसकेको छ । उक्त मस्यौदामा दुबै देशले आन्तरिक छलफल पनि गरेका छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स