विद्युत खपत बढाउन महसुल घटाउने तयारीमा सरकार, आयोगले मनायो चौंथो स्थापना दिवश

काठमाडौं । सरकारले घरायसी प्रयोजनमा खपत हुने विद्युतको महसुल घटाउने तयारी गरेको छ । सरकारको विद्युत क्षेत्रको नियामक निकाय विद्युत नियमन आयोगले सो तयारी गरेको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बस्नेतले सरकारले बताएका हुन् ।

उनले आयोगको चौंथो स्थपना दिवशको अवसरमा शुभकामना दिँदै आगामी दिनमा सरकारले स्वदेशमै विद्युत् खपत बढाउने स्पष्ट योजना ल्याउने उल्लेख गरेका हुन्। उनले स्वदेशमा विद्युत् खपत क्षमता अभिवृद्धि गरिने बताउँदै जसका लागि घरायसी प्रयोजनमा खपत हुने विद्युतको महशुललाई घटाइने बताएका हुन् ।

‘पहिला हाम्रो आवश्यकता पूरा गर्न महत्व दिन्छौँ, घरायसी प्रयोजन, औद्योगिक क्षेत्र, यातायात क्षेत्रमा खपत बढाउन योजनाबद्ध ढङ्गले अगाडि बढ्छौँ’, सानो गौचरणस्थित आफ्नो निजी कार्यालयमा आयोगले चौथो वार्षिकोत्सव समारोह मन्त्री बस्नेतले उनले भने ।

उनले शतप्रतिशत क्षेत्रमा विद्युतीकरण गर्ने सरकारको नीति रहेको जनाउँदै विद्युतीकरणका लागि सार्वजनिक, निजी र सामुदायिक क्षेत्रको सहयोग अपरिहार्य रहेको बताएका हुन्।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स