काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा अरुण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । सोमबार कम्पनीको १० प्रतिशत बोनस सेयर समायोजन भएको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य ५२३ रुपैयाँ तोकिएको छ ।
कम्पनीको अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा सेयरमूल्य समायोजन भएको हो । कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । सो मूल्य समायोजन पछि आज सोमबार अरुण भ्यालीको धितोपत्रको दोस्रो बजारमा कतिको कारोबार हुन्छ । त्यो भने आजको कारोबारबाट थाहा हुनेछ ।
आइतबार कम्पनीको सेयर प्रतिकित्ता ५७५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । कम्पनीले १० प्रतिशत बोनस सेयर र ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न असोज २४ गते २४ वार्षिक साधारण सभा डाकेको छ ।
साधारण सभाले बोनस सेयर वितरण पश्चात कायम चुक्ता पूँजीको १ बराबर ०.५ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।