नेपालको विद्युत बंगलादेश लान दिने भारतको आश्वासन

काठमाडौं । भारतले बंगलादेशलाई विद्युत आयात गर्न दिने आश्वासन दिएको छ । भारतले बंगलादेशलाई नेपालबाट विद्युत लान दिने बताएको हो । बुधबार ढाकामा भएको दुई देशको परराष्ट्र कार्यालय परामर्श (एफओसी) बैठकमा भारतले नेपाल र भुटानबाट जलविद्युत आयात गर्न सक्ने गरी करिडोर उपलब्ध गराउन सकिने बताएको हो ।

बंगलादेशी पक्षले प्रसारण क्षमता र सञ्जाललाई सुदृढ गर्न दुवै देश मिलेर काम गर्न सक्ने प्रस्ताव गरेको छ ।

‘भारतीय विदेश सचिव विनय क्वात्राले नेपाल र भुटानबाट भारत हुँदै बंगलादेशसम्म बिजुली पुर्याउन सहयोग गर्ने आश्वासन दिनुभएको छ, आयोजनाबारे छलफल गर्न नेपालका ऊर्जामन्त्री पनि दिल्ली जाँदैछन्’, परराष्ट्र सचिव मोमेनले भनेका छन् ।

बुधबार भारतीय विदेश सचिव विनय क्वात्राको नेतृत्वमा रहेको प्रतिनिधि मण्डलसँगको छलफलपछि बंगलादेशका परराष्ट्र सचिव मसुद बिन मोमेनले भारत आफ्नो प्रस्तावमा सहमत भएको बताएका हुन् ।

दुवैतर्फको प्रसारण लाइन निर्माण एकैसाथ अघि बढाउन सम्बन्धित मन्त्रालयलाई आग्रह गरिने भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स