चैत १४ र १५ मा आठौं संस्करणको ऊर्जा सम्मेलन हुँदै, ८ सय जनाको सहभागिता रहने

काठमाडौं । आगामी चैत १४ र १५ मा आठौ संस्करणको पावर समिट–२०२३ हुने भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) को नेतृत्वमा दुई दिन राजधानीमा आठौं संस्करणको ऊर्जा सम्मेलन हुन लागेको हो।

बुधबार एक कार्यक्रम गर्दै ‘हरित ऊर्जा बजार विस्तारीकरण’ भन्ने मूल नाराका साथ काठमाडौंको हायात रिजेन्सीमा आयोजना हुने पावर समिटको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने भएका हुन् ।

पावर समिटमा नेपालको विद्युतको बजार,प्रसारण पूर्वाधार,जलविद्युतको माग, प्रविधि र नवप्रवर्धन, सोलार हाइड्रोजन, नियामक निकाय, अन्तरदेशीय विद्युत व्यापार, दिगो र जलवायु अनुकूल विकासलगायत विषय समेट्नेसहित विभिन्न सत्र सञ्चालन हुने आयोजकले जनाएको छ ।

सम्मेलनमा ३० भन्दा बढी देशका ३०० अन्तर्राष्ट्रिय प्रतिनिधिसहित ऊर्जा मन्त्रालयका उच्च अधिकारीहरू, पावर ट्रेडिङ कम्पनीहरू, विद्युत उत्पादकहरू, वित्तीय संस्थाहरू, प्रसारण वितरण कम्पनी, परामर्शदाता कम्पनीहरू, बिक्रेतालगायत सरोकारवाला निकाय गरी ८०० जनाको सहभागिता रहनेछ ।

सन् २००६ मा पहिलो पटक काठमाडौंमा भएको ऊर्जा सम्मेलनले विद्युत उत्पादनमा ठूलो योगदान गरेको थियो। त्यस यता इप्पानले निरन्तर ऊर्जा सम्मेलन गर्दै आएको छ । अहिले जडित क्षमता बढेर २ हजार ५२० मेगाावाट पुगेको छ। यो वर्षभित्र ६०० मेगावाट बिजुली थप हुने अनुमान गरिएको छ ।

आउँदो ५ वर्ष अर्थात् २०२७ मा बिजुली उत्पादन क्षमता बढेर ६ हजार ७०० मेगावाट पुग्ने इप्पानले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स