खर्च बढ्दा बरुण हाइड्रोपावरको नाफा घट्यो, ईपीएस कति ?

काठमाडौं । बरण हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म विद्युत बिक्रीमार्फत ५ करोड ९९ लाख रुपैयाँ आम्दानी गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.४२ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ५ करोड ६८ लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो। समीक्षा अवधिमा कम्पनीको कुल नाफा ४.६१ प्रतिशत बढेको छ ।

कम्पनीको विद्युत बिक्री आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेपनि खुद नाफा भने घटेको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीको विद्युत बिक्री आम्दानी बढेपनि कम्पनीको खुद नाफा भने समीक्षा अवधिमा १९.०७ प्रतिशत घटेको छ ।

गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २ करोड ४ लाख रुपैयाँ खुद नाफा कमाएको यस कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १ करोड ६५ लाख रुपैयाँमात्र नाफा कमाउन सफल भएको छ ।

कम्पनीको प्रशासनिक खर्च २५० प्रतिशत बढेसँगै वित्तीय खर्च तथा ह्रासकट्टी खर्च बढेका कारण कम्पनीको नाफा घट्न पुगेको हो । पुस मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी ६ रुपैयाँ १७ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ ११३ रुपैयाँ २६ पैसा र पीई रेशिया ४४.४० गुणा रहेको छ । ५३ करोड ५८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडामा ७ करोड १० लाख रुपैयाँ सञ्चित छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स